Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारत नोयडाका ट्वीन टावर ढल्यो 


    आइतबार, भाद्र १२ २०७९
    855
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । कानुन विपरीत भारतको नोयडामा निर्माण गरिएका दुईवटा टावर (अग्ला भवन) सुरक्षित रुपमा भत्काइएको छ । 

    सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए ।

    टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो ।

    आसपासको सडक पनि बन्द गरिएको थियो । सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार