Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल र केन्याबीचको तेस्रो टी–२० खेल आज हुँदै


    आइतबार, भाद्र १२ २०७९
    535
    Shares
  • १ मिनेट पाठ
  • कठमाडौँ। नेपाल र केन्याबीचको तेस्रो टी–२० खेल आज हुँदैछ । यस खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

    केन्याविरुद्धको पहिलो खेलमा सहज जित निकालेर उत्साही बनेको नेपाल दोस्रो खेलमा भने पराजित हुन पुगेको थियो।

    नेपाल पहिलो खेलमा ५ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा १८ रनले पराजित भएको थियो।

    पाँच खेलको टी–२० सिरिज जित्न नेपाललाई आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ । दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा लागेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार