Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोडफोड र आक्रमण गर्ने विद्यार्थीलाई कारबाही गर्ने त्रिविको चेतावनी


    आइतबार, भाद्र १२ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। अबदेखि त्रिभुवन विश्वविद्यालयमा तोडफोड र अमर्यादित कार्य गर्ने विद्यार्थीमाथि कारबाही गरिने भएको छ ।

    आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिविभित्र कुनै आक्रमणमा संलग्न हुने विद्यार्थीहरूलाई त्रिविले हदैसम्मको कारबाही गर्ने बताए।

    त्रिविको उपकुलपति कार्यालयमा केही दिनअघि नेविसंघले विभिन्न निकायमा तालाबन्दी र तोडफोड समेत गरेको थियो। 

    यसैबीच त्रिविले गृह मन्त्रालयसँग त्रिवि परिसरको भरपर्दो सुरक्षाका लागि गुहारसमेत गरेको छ।

    ‘नियमित पढ्न आउने विद्यार्थीबाट समस्या र अवरोध छैन। राजनीति गर्न आउने र नजायज फाइदा लिन खोज्नेबाट त्रिविलाई अवरोध भइरहेको छ,’ बाँस्कोटाले भने, ‘क्याम्पस प्रमुख, विभागीय प्रमुखलगायत यो-योलाई नियुक्त गर भन्ने विद्यार्थीको क्षेत्राधिकारभित्र पर्दैन। तर विद्यार्थी राजनीति गरिरहेको र कुनै संगठनको सभापति छु भन्नेहरूले अवरोध गरिरहेका छन्।’

    उनले त्रिविमा अवरोध गर्ने विद्यार्थीलाई कारबाही गरिने चेतावनीसंगै आक्रमणलगायतमा उत्रने विद्यार्थीलाई रेष्टिगेटसमेत गर्ने बताए 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार