Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खाडी मुलुक जान लागेका १९७ जनालाई विमानस्थलबाट फर्काइयो


    आइतबार, भाद्र १२ २०७९
    465
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनीहरुको कागजात शंकास्पद देखिएको भन्दै घर फर्काएको हो । 

    कार्यालयले गत बिहीबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने १०३ महिला र ९४ पुरुषलाई रोकेको जानकारी दिएको छ ।  

    विभिन्न एयरलाइन्समार्फत भिजिट भिसामा जान लागेका उनीहरु शंकास्पद देखिएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा बुझाएको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार