Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम पूर्वानुमान : केहि स्थानमा बर्षाको सम्भावना


    शनिबार, भाद्र ११ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।देशभरको मौसममा  आज  सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले प्रदेश-१, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको भइरहेको छ ।

    आज  (शनिवार)दिउँसो प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश-१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह  बढ्ने  सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार