काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १ जना संक्रमितको मृत्यु भएको छ। ३ हजार ५१५ कुल परीक्षण गर्दा ३२४ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानेको छ।
तथ्यांकअनुसार १ हजार ६७३ पीसीआर परीक्षणमा १६३ र १ हजार ८४२ एन्टीजेन परीक्षणमा १६१ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ रहेको छ । २४ घण्टामा १५ हजार ९३४ जनाले खोप लगाएका छन् ।