Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खोटाङमा एसईई ग्रेड वृद्धि परीक्षामा १  हजारभन्दा बढी  परीक्षार्थी सहभागी  


    शुक्रबार, भाद्र १० २०७९
    860
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  खोटाङमा माध्यामिक शिक्षा परीक्षा (एसईई)काे ग्रेड वृद्धि परीक्षा २०७८ को तयारी पूरा भएको छ । ११ र १२ भदौमा सञ्चालन हुने परीक्षामा जिल्लाका एक हजार ७३६ परीक्षार्थी सहभागी हुने शिक्षा समन्वय इकाई खोटाङका प्रमुख सेमन्त गौतमले जानकारी दिए। 

    परीक्षाका लागि सरस्वती माबि दिक्तेल, पञ्च माबि दिक्तेल, दिक्तेल इंग्लिस बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुललाई परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने छ । परीक्षा सञ्चालनका लागि सम्बन्धित् केन्द्रका प्रअलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार