काठमाडौँ । बारामा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन् । कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा गएराती मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका–२० का ३५ वर्षीय अरुण कुमार गुप्ता र पछाडी सवार ५० वर्षीय सौरब अन्सारी रहेका छन् ।
घाइतेहरुको वीरगञ्जस्थित नारायणी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । गएराती ९ बजे मटिअर्बाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १२ प २५७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको हो ।