Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यौन दुराचारमा पाण्डेलाई थुनामा पठाउने जिल्लाको आदेश उच्चबाट पनि सदर


    बिहिबार, भाद्र ९ २०७९
    485
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालत बाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले आज जिल्लाकै आदेश सदर गरेको हो ।  

    जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका थिए । उनले आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकामा उच्चले आदेश दिन अस्वीकार गरेको हो । 

    उनीविरुद्ध बालयौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दायर भएको थियो । गत असार ६ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजार पठाउन आदेश दिएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार