काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टि–२० श्रृङखलाको पहिलो खेलमा घरेलु टिम केन्यालाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले जितका लागि दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे। त्यस्तै ज्ञानेन्द्र मल्लले २३, आसिफ शेखले १९, आरिफ शेखले २४ र रोहित पौडेलले १३ रनको योगदान दिए । बलिङतर्फ केन्याका लागि लुकास ओउच र विराज पटेलले दुई–दुई विकेट लिए । त्यस्तै निहेमिहा ओडिआम्बोले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनायो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४, लुकास ओउचले ३०, नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन लिए । बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई, दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले समान एक विकेट लिए ।