Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदीप गिरी विजयी भएको सिराहा १ बाट चुनाव लड्ने सरिता गिरीको घोषणा 


    बिहिबार, भाद्र ९ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौं । प्रदीप गिरीले जितेको क्षेत्र सिरहा १ बाट सरिता गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्ने घोषणा गरेकी छन् ।
    उनले बुधबार मात्र सद्भावना पार्टी परित्याग गरेकी  थिईन्। कांग्रेस नेता प्रदीप गिरीको आग्रहअनुसार आफुले सो पार्टी परित्याग गरेको उनले बताईंन ।

    नेतृ गिरीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत चुनावमा सहयोगका लागि सबैसँग आग्रह गर्दै चुनाव लड्ने घोषणा गरेकी हुन् । सरिता प्रदीप गिरीकी भाइबुहारी हुन् । उनी दुई वर्षअघि मात्र जसपा छाडेर सदभावना प्रवेश गरेकी थिइन् ।

    लामो समयसम्म मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएकी गिरी स्वतन्त्र वा कुन दलबाट चुनाव लड्दै छिन् भन्ने खुलेको छैन । 

    सिरहा १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदीप गिरी विजयी भएका थिए । त्यस्तै,०५६ को निर्वाचनबाहेक सबै निर्वाचनमा प्रदीप गिरी सोही क्षेत्रबाट विजयी हुँदै आएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार