Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नख्खु कारागारमा रहेका कैदी भागेपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो


    बिहिबार, भाद्र ९ २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नख्खु कारागारका एक कैदी फरार भएपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ । नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलियालाई जिम्मेवारीबाट हटाइएका हो् ।

    हत्कडीसहित कैदी फरार भएपछि सुरक्षा कमजोरी भएको भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गरिएको हो। 

    नेपाल प्रहरीको टोलीले बुधबार ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्ति अर्थात् कारागारका कैदी भोला बुढाथोकीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगेको थियो । उपचारका क्रममा दुईजना प्रहरी उनको साथमै रहेका बेला बुढाथोकी भागेका थिए। 

    रामेछापका ३१ वर्षीय  भोला बुढाथोकीले ९ वर्ष जेल सजाय काटिसकेका थिए । उनको आँखामा समस्या देखिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार