काठमाडौँ। पि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार २.८६ अंक बढेर २०५७.८४ विन्दुमा बन्द भएको नेप्से बिहीबार सो सेसनमा ०.१७ अंक बढेर २०५८.०१ विन्दुमा खुम्चिएको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ ।
आज प्रि–ओपन सेसनमा २५ स्टकको ३ लाख ७६ हजार ७० रुपैयाँ ६० पैसा बराबरको ५२३ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १४ वटा स्टकको मूल्य बढेको छ भने ९ वटाको घटेको छ । र बाँकी १ स्टकको मूल्य स्थिर छ ।