Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिचिङबाट भागेका कैदी लुबुमा समातिए


    बिहिबार, भाद्र ९ २०७९
    480
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौैँ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट भागेका कैदी समातिएका छन् ।  हिजो टिचिङबाट भागेका उनलाई ललितपुर प्रहरीले आज लुबुमा पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा रामेछाप पिल्पुङग गाउँपालिका, २ घर भएका ३१ वर्षीय भोला बुढाथोकी हुन् । पक्राउ परेका बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा कैद भुक्ता गर्दै आएका छन् ।  

    उनी फरार भएपछि प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान थालिएको थियो । 

    काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाएको थियो । साथै, उनको सुरक्षामा खटिएका प्रहरी समेत निलम्बनमा परेका छन् । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार