Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रोएसिया पठाउने भन्दै लाखौँ ठगी गर्ने युवक पक्राउ 


    बुधबार, भाद्र ८ २०७९
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । क्रोएसिया पठाउने भन्दै ठगी गर्ने युवक पक्राउ परेका छन् ।  मोरङको विराटनगर महानगरपालिका-१६ घर भई हाल काठमाडौँ बस्दै आएका २६ वर्षीय उत्सव दाहाललाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । 

    दाहालले धनञ्जय कुमार कार्कीलगायतलाई क्रोएसियाको कृषि फाममा मासिक एक लाख तलबमा काम लगाइदिने विश्वास दिलाइ ६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनलाई सिनामंगलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि  वैदेशिक रोजगार विभाग बुद्दनगर पठाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार