काठमाडौँ । देशभर पछिल्लो २४ घन्टाभित्र थप ४८७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने एक जना कोरोना सङ्क्रमणको मृत्यु भएको छ ।
४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै १६४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९८ पुगेको छ ।