Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा १७ वर्षीया किशोरी बलात्कृत 


    बुधबार, भाद्र ८ २०७९
    605
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

    ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    उज्वलले ती बालिकालाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः इलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार