Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घटेर १ अर्ब ३३ करोड रुपैयाँ कायम 


    मंगलबार, भाद्र ७ २०७९
    660
    Shares
  • २ मिनेट पाठ
  • काठमाण्डाै। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेको छ । आज सेयरबजार परिसूचक नेप्से एक दशमलव ८५ अङ्कले बढेर दुई हजार ५४ दशमलव ९८ विन्दुमा कायम भएको छ । 

    आज बैंक, व्यापार, जलविद्युत्, उत्पादन, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर भने सामान्य घटेको छ । यस्तै दुई सय २२ वटा कम्पनीकाे ४० लाख ३१ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १४ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

    त्यस्तै,आज रुरु हाइड्रो पावर, मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिद्धार्थ इक्विटी फन्डको शेयर झन्डै सात प्रतिशत तथा एभरेस्ट बैंक, सिजिजन म्युचल फन्ड–१ र लक्ष्मी इक्वपटी फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार