Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँको विभिन्न ठाउँमा बस तोडफोड, १८ जना बन्दकर्ता पक्राउ 


    मंगलबार, भाद्र ७ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जना पक्राउ परेका छन् । उपत्यकाका विभिन्न ठाउँबाट आज बिहान उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

    प्रहरीका अनुसार बन्दकर्ताले थापागाउँ र कोटेश्वरमा सार्वजनिक बस तोडफोड गरेका छन् । त्योसँगै डिल्लीबजारको सफ्टवारिका कलेज समेत तोडफोड भएको छ । 

    आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले नेपाल बन्द गरेका हुन् । 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार