Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मापसे गरी सवारी साधन चलाउने १७६ चालकमाथि कारवाही 


    सोमबार, भाद्र ६ २०७९
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  काठमाडौं उपत्यकामा एकैदिन ३ हजार २०९ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

    सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १७६ जना सवारी चालक रहेका छन् । 

    यस्तै, लेन अनुशासन पालना नगर्ने ८९, रेड लाइटमा सवारी साधन चलाउने ९०, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, नम्वर प्लेट राम्रोसँग नराख्ने २४ जना सवारी चालकलाई पनि कारवाही गरिएको छ । 

    बाँकी २ हजार ७४६ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार