Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एटिएम मेशिन फोडेर नगद चोरी गर्ने २१ वर्षीय युवक पक्राउ


    सोमबार, भाद्र ६ २०७९
    695
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । एटिएम मेशिन फोडेर  नगद चोरी गर्ने २१ वर्षीय युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी दुई वटा क्यासेट र नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको  हो  । नवलपरासी (पूर्व) देवचुली नगरपालिका–५ घर भई कास्की पोखरा महानगरपालिका–३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिश तामाङलाई  प्रहरीले  गत बिहीबार पक्राउ गरेको हो ।

    तामाङलाई पोखराको  ताल चोकस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडी गत साउन ३ गते बिहान नगद चोरी गरेको  आरोप लागेको छ ।

    घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो । प्रहरीले घटनामा प्रयोग भएको ग.१० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार