Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विवादास्पद अभिव्यक्ति दिएपछि अनुसन्धानको घेरामा पूर्वप्रधानमन्त्री खान 


    सोमबार, भाद्र ६ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  •       
    काठमाडौँ । पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना नजिकका सहयोगीलाई यातना दिएको आरोप लगाएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो । 

    उनका सहयोगी देशद्रोहको आरोपमा हिरासतमा छन् । खानमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ । शनिबार एक कार्यक्रममा उनले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।

    देशमा तनाव उच्च छ । खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् । अप्रिलमा सत्ताच्युत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन् । 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार