काठमाडौँ । देशका केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगयात अन्य प्रदेशमा आंशिक बदली रहेको बताएको छ ।
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलबार प्रदेश १, मधेस, र बागमती प्रदेशमा हल्का पानी पर्न सक्ने महाशाखाले जानकारी दिएको छ । भोली देशका केही स्थानमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भूरभागमा भूरक्षय, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।