Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छथरका गर्भवतीलाई मासिक भत्ता 


    आइतबार, भाद्र ५ २०७९
    600
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । तेह्रथुमको एक स्थानीय तहले गर्भवती महिलालाई मासिक भत्ता दिने भएको छ । छथर जोरपाटी गाउँपालिकाले गर्भवतीलाई मासिक एक हजार रुपैयाँ दिने निर्णय गरेको हो । 

    चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्दै पालिकाभित्रका गर्भवतीलाई मासिक एक हजार भत्ता दिन लागेको गाउँपलिका उपाध्यक्ष गिता गुरुङ खेवाले बताइन् । 

    गर्भवती भएको महिलाले आठ पटकसम्म गर्भ जाँच गरेपछि एकमुष्ट नौ हजार रुपैयाँ दिने उल्लेख गर्दै उपाध्यक्ष गुरुङले भनिन्, ‘साउन १ गतेबाट लागू हुने गरी यो कार्यक्रम अघि सारेका छौँ । त्यसको लागि गर्भवती महिलाले पालिकाभित्र कै अस्पतालमा चेकजाँच गरेको कागज प्रमाणको रुपमा पेश गर्नुपर्नेछ । अनि मात्र ती महिलाले मासिक भत्ता पाउनु हुन्छ ।‘  

    विशेष गरी आर्थिक रुपमा कमजोर गर्भवती महिलालाई पोषणयुक्त खाने कुरामा जोड दिन उक्त निर्णय गरिएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार