काठमाडौँ । धनकुटामा पाँच किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका– ९ का २० वर्षीय सनिल राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मलघाट चौकीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा कालो रङको झोलाभित्र लुकाइ राखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रदेश नं १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलमा सवार राईलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।