Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको मौसम पूर्वानुमान 


    आइतबार, भाद्र ५ २०७९
    480
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज देशभर वर्षाको सम्भावना रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाले आज बिहान प्रदेश १ का केही स्थानहरुमा मध्यम वर्षा भईरहेको जनाएको छ । 

    आज दिउँसो लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने अनुमान गरिएको छ ।  महाशाखाले अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने बताएको छ । 

    राती बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भूरभागमा भूरक्षय, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार