काठमाडौँ । इजरायलको गुप्तचर एजेन्सी मोसादको निर्देशकमा पहिलो पटक एक जना महिला नियुक्त भएकी छन् । इजरायली विदेश मन्त्रालयको डिजिटल कूटनीति टोलीको आधिकारिक ट्विटरमार्फत ‘ए‘ नामकी एक जना महिलालाई मोसादको निर्देशकमा नियुक्त गरिएको जानकारी दिइएको छ ।
इजरायलले इरान डेस्कको प्रमुखको रुपमा पहिलो पटक अर्की एक जना महिल बनाएको छ । ती महिलाको सांकेतिक नाम ‘के‘ छ ।
उक्त ट्वीटमा भनिएको छ, ‘आज मोसाद इन्टेलिजेन्स अथोरिटीको निर्देशकको पदलाई ‘ए’ ले सम्हालेकी छन् भनेर घोषणा गर्न चाहन्छ । मोसादको इतिहासमा यो पदमा बस्ने उनी पहिलो महिला हुन् । अर्की वरिष्ठ महिला एजेन्ट ‘के’ ले इरान डेस्कको प्रमुखको जिम्मेवारी पाएकी छन् ।‘
इजरायल सरकारले ती दुवै जना महिलाको परिचय गोप्य राखेको छ । तर, एक जना महिलाको परिचय नखुल्ले गरी फोटो भने सार्वजनिक गरिएको छ ।