काठडमौँ । मोटरसाइकल चोरी गरेको आरोपमा एक युवक समातिएका छन् । काठमाडौँ महानगरपालिका १६ पकनाजोलबाट मोटरसाइकल चोरी गर्ने उनलाई हिजो बेलुका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२० घर भएर बालाजु बस्दै आएका २४ वर्षका अमर सुनार हुन् । उनको साथबाट प्रदेश–२–०२० प ३९६८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बागमती प्रदेश–०२–०१५ प ८२१८ नम्बरको मोटरसाइकल चोरेर उनले नम्बर परिवर्तन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । उक्त मोटरसाइकल बैशाख २६ गते मा बानेश्वरबाट हराएको थियो ।
पक्राउ परेका सुनारलाई थप कारवाहीका लागी प्रहरी वृत नयाँ बानेश्वरमा पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।