Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कंलकीको खसीबजार हटाउन महानगरको १५ दिने अल्टिमेटम 


    बिहिबार, भाद्र २ २०७९
    630
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कंलकीमा रहेको खसीबजार हटाउन अल्टिमेटम दिएको छ । महानगरले आज एक सूचना गरी गर्दै खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूलाई आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको हो ।

    भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको ७ रोपनी ८ आना जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयवासीले सामूहिक उजुरी दिएका थिए ।  सोही अनुसार महानगरले वातावरण सम्बन्धी अध्ययन प्रतिवेदन एवं वडाबाट प्राप्त पत्र समेतको आधारमा उक्त स्थानमा खसी बजार सञ्चालन गर्दा वरपरको वातावरणमा गम्भीर असर परेको पुष्टी गरेको हो । 

    वस्तीको बीचमा यस्ता प्रकृतिका व्यापार व्यवसायलाई निरुत्साहित गर्दै प्रत्येक नागरिकलाई स्वच्छ र स्वतन्त्र वातावरणमा बाच्न पाउने नेपालको संविधान २०७२ को धारा ३० को मौलिक हक रहेको उल्लेख गर्दै महानगरले तत्काल खसीबार हटाउन भनेको छ । उक्त व्यवसाय १५ दिन भित्र नहटाए कानून अनुसार हटाइने महानगरको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार