काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् १३ बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् । मेयर साम्पाङले वर्षोेदेखि धरानले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न चार ठाउँबाट खानेपानीको मुहान थपेको बताए ।
यसैगरी उनको ६ लाख बिरुवा रोपेको र जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरी सकेको सुनाए ।