Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्दै


    बुधबार, भाद्र १ २०७९
    2.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्दैछ । समितिको बैठक बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बस्ने भएको हो ।

    बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुने समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।  

    २२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार