काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८४ दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार ८० दलको एकल र एकै चुनाव चिह्नबाट लड्न चार संयुक्त निवेदनसहित ८४ दलको निवेदन परेको छ ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निवेदनमाथि छानबिन गरी दल दर्ताको मान्यता दिइने बताए । ‘एकै चुनाव चिह्नबाट लड्न चार संयुक्त निवेदनसहित ८४ दलले आयोगमा निवेदन दिएका छन्,’ उनले भने, ‘निवेदनमाथि छानबिन गरी आयोगले दल दर्ताको मान्यता दिनेछ ।’
आयोगले संघीय एवं प्रदेश निर्वाचनमा भाग लिन २२ देखि ३१ साउनसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको थियो ।
आयोगले दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने दललाई समेत दर्ताको आह्वान गरेको थियो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन आह्वान गरेको थियो ।
०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ९५ राजनीतिक दलले दर्ताको निवेदन दिएका थिए, जसमध्ये आयोगबाट ९१ राजनीतिक दलले मान्यता पाएका थिए । त्यस्तै, समानुपातिकतर्फ ५५ राजनीतिक दलले निवेदन पेस गरेकोमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ दलले मात्र उम्मेदवारको बन्दसूची पेस गरेका थिए । हाल संसद्मा प्रतिनिधित्व गर्नेमा प्रत्यक्षतर्फबाट नौ दल र एक स्वतन्त्र सांसद रहेका छन् । त्यस्तै, समानुपातिकतर्फ पाँच दलको प्रतिनिधित्व रहेको छ ।
गत वैशाखमा भएको स्थानीय निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भएका थिए । त्यसमध्ये निर्वाचनमा भाग लिएका दल ६५ थिए भने हाल स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलको संख्या २४ छ । यो समाचार आजको नयाँ पत्रिकामा छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend