Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिद्वारा फिर्ता गरिएको नागरिकता विधेयकबारे संसद बैठकमा जानकारी गराइने


    मंगलबार, साउन ३१ २०७९
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयकबारे जानकारी गराइने भएको छ। आज बस्ने संसद बैठकमा राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक फिर्ता पठाएको सन्देशसहितको राष्ट्रपतिको कार्यालयको पत्रबारे जानकारी गराइने भएको हो । 

    संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीका अनुसार सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको जानकारी गराउने छन्।  यसैगरी अर्थसमितिको प्रतिवेदनसहितका सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ को विभिन्न दफाहरु निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।

    आज बिहान ११ बजे बस्ने बैठकमा अन्य विविध विधेयकमाथि छलफल हुने संसद् सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार