Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उत्तरपुस्तिकाको टिकटक बनाउने परीक्षार्थीको परीक्षा रद्द


    सोमबार, साउन ३० २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अनुमतिपत्रको परीक्षामा सहभागी हुँदा उत्तर पुस्तिकाको भिडियो बनाएर टिकटकमा राख्ने एक जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । 

    आयोगले साउन २८ गते सञ्चालन गरेको उक्त  परीक्षामा सुदूरपश्चिम प्रदेश अन्तरगत कैलालीको केन्द्र नम्बर ७११ त्रिभुवन माध्यमिक विद्यालय बोराडाँडी ‘ख’ केन्द्रका परीक्षार्थी विनोदकुमार बमको दरखास्त रद्द भएको हो । 

    परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको भन्दै शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २६ को उपनियम ९१० अनुसार कसुर गरेकाले उनको अनुमतिपत्रको दरखास्त रद्द गरेको आयोगले बताएको छ । 

    यसैगरी आयोगले सूचना जारी गर्दै परीक्षार्थी बमलाई सोही नियमावलीको नियम ४३ अनुसार आउँदो दुई वर्षसम्म आयोगबाट सञ्चालन गरिने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नदिने बताएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार