Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करिब एघार लाख थान मास्क साझा स्वास्थ्य सेवाले किन्ने 


    बिहिबार, चैत्र ६ २०७६
    655
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ६ चैत ।  नेपाल प्रहरीले बरामद गरेका ११ लाख थान सर्जिकल माक्स साझा स्वास्थ्य सेवाले किन्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगतिको निर्देशन बमोजिम उक्त मास्क सेवालई विक्री गनर्ए लागेको हो । 

    प्रहरले पटकपटक गरी उपत्यकाको विभिन्न स्थानबाट माक्स बरामद गरेको थियो । सोही माक्स सर्वसाधरण जनतासामु पठाउनको लागि सेवालाई प्रहरील विक्री गर्न लागेको हो ।

     प्रशासनको आदेश बमोजिम साझा स्वास्थ्य स‌ेवाले किनेको मास्क ४ रुपैयाँ ४२ पैसादेखि ५ रुपैयाँसम्म बिक्री गर्न पाउने उनले बताए। डीएसपी बोगटी भने,’साँझा स्वास्थ्य सेवाले नेपाल प्रहरीको अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, भक्तपुर अस्पताल र साँझा स्वास्थ्य सेवाको केन्द्रीय कार्यालय कपनबाट मास्क बिक्री गर्नेछ।’

    कोरोना भाइरसको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेला काठमाडौंमा मास्कको कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरी पछिल्लो समय आक्रामक बनेको छ । कोरोना भाइरसको हल्लाले बजारमा मास्कको कालोबजारी बढेपछि प्रहरीले सक्रियता देखाएको छ।

    प्रहरी परिसर काठमाडौंको टोलीले डल्लु, कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्नमाथि कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाएको छ। उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार