Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजिप्टको एउटा चर्चमा आगलागी हुदाँ ४१ जनाको मृत्यु


    आइतबार, साउन २९ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । इजिप्टको एउटा चर्चमा आगलागी हुँदा करिब ४१ जनाको मृत्यु भएको छ । आज राजधानी कायरोको घना आबादीमा रहेको अबु सेफिन चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । 

    आगलागी परी १४ जना भन्दा बढी घाइते भएको बताइन्छ । उक्त चर्चमा आगो लाग्नुको कारण भने खुलेको छैन् । तर, प्रहरीले प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर घटना घटेको हुन सक्ने अनुमान गरेको छ । 

    इजिप्ट सरकारले आगो निभाउन १५ वटा दमकल घटनास्थलमा पठाइएको थियो।  घटनास्थलबाट एम्बुलेन्सले घाइतेहरूको उद्धार गरी नजिकैको अस्पतालमा र्पुयाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार