काठमाडौं ।भारतीय सेयर बजारका बादशाह राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन भएको छ । ५ हजारदेखि ४३.३९ करोडसम्मको यात्रा गर्ने भारतिय शेयर बजारका बिग बुल राकेश झुनझुनवाला आज मृत्यु भएको हो।
राकेश झुनझुनवाला गत साता मात्रै ‘आकासा’ एयरलाइन्सबाट उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए। सन् १९९२ मा हर्षद मेहता घोटाला पर्दाफास हुँदा उनले सर्ट सेलिंगबाट सेयर बजारबाट ठूलो नाफा कमाएका थिए। भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
आकासा’ एयरलाइन्स कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका थिए । राकेश झुनझुनवालाको आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।
झुनझुनवाला कुनै समय शेयर बजारमा बियर थिए।