काठमाडौं। दाङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–२ रामपुरका २६ वर्षीय निराजन पोखरेलको डुबेर हिजो मृत्यु भएको हो ।
साथीहरूसँग सोही उपमहानगरमा पर्ने अर्जुन खोला र मसोट खोलाको दोभानमा नुहाउन गएका उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर डिएसपी नवीन बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो ।
खोज तलास गर्ने क्रममा पोख्रेलको शव खोचमा अड्किएको अवस्थामा फेला परेको हो ।