आगामी तीन दिन देशभर वर्षा हुने अनुमान गरिएको छ । मनसुनी प्रणालीको प्रभावका कारण देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । यस्तै, देशका अन्य भू–भागमा आङ्शिकदेखि सामान्य बदली रहेको छ ।
रातको समयमा देशका केही स्थानहरूमा मेघ गर्जनचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भोली र पर्सि पनि देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले अनुमान गरेको छ । मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भू/भागमा भू/क्षय, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।