Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीको सहयोगमा राजधानीको फोहोर उठ्यो 


    आइतबार, साउन २९ २०७९
    815
    Shares
  • २ मिनेट पाठ
  • सुरक्षाकर्मीको सहयोगमा काठमाडौँ महानगरपालिकाले आज बिहानबाट राजधानीको फोहोर बिसर्जन गरेको छ । गत सोमबार काठमाडौँ महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।

    लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राइ सहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपुर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन शुरु गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागका ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा आज १ सय ४३ ट्रिप फोहोर ल्याण्डफिल साइटमा बिसर्जन गरेको जानकारी दिए ।

    स्थानीय अवरोधको कारण केही दिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन । विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राती फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख राईले अहिले कामपाले क्षतिपुर्ति दिने र पछि तोडफोडको घटनामा संलग्नमाथि कारबाही गरी क्षतिपुर्ति असुल्ने जनाएपछि हाजबाट फोहोर व्यवस्थापन सुचारु भएको बताए । नेपाल समाचारपत्रबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार