Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध सामान बोकेको ट्रकसहित चालक पक्राउ 


    शुक्रबार, साउन २७ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • झापामा विल विजक अनुरुप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित चालकलाई पक्राउ गरिएको छ । गौरादह नगरपालिका, ७ ग्वालडुब्बाबाट सशस्त्र प्रहरीले करीव ९४ लाख ४८ हजार रुपैयाँ बराबरको विल नभएका सामान बोकेको ट्रकसहित उनलाई नियन्त्रणमा लिएको हो । 

    बिर्तामोड नगरपालिका ७ बस्ने ४४ वर्षिय धनिलाल राजबंशीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सुरक्षा वेश बैगुनधुराले पक्राउ गरेको हो।
     
    काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख २१९६ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त मुल्य बराबरको नौँ सय ९० केजी रेडिमेड कपाल, लत्ताकपडा, स्टेशनरी, किराना, इलेक्ट्रिकल तथा फर्निचरका सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।  बरामद ट्रकसहित राजबंशीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार