कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ हुने भनिएको विश्वकप नोभेम्बर २० मा सारिएको हो।
जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो । जसले गर्दा नेदरल्याण्ड्स र सेनेगलबीचको विश्वकपको पहिलो खेल हुने तय भएको थियो ।
आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले बताएको छ ।