Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से परिसूचक १९.०६ अंकले गिरावट


    बिहिबार, साउन २६ २०७९
    545
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ ।

    बिहीवार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३  अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ ।

    बिहीवार कोरोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधवार १ अर्ब ९३ करोड बराबरको शेयर कारोबार भएको थियो ।

    नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेकका १२ वटा उपसमूको परिसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ । त्यस्तै,  वित्त उपसमूहको परिसूचक २.३८ प्रतिशतले घटेको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

    नेप्से ओरालो लागेपनि विहीवार दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा  हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता युनिलिभर नेपालको शेयरमूल्य ८.२३ प्रतिशत घटेको छ । त्यस्तै, बुद्धभूमि हाइड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि शेयर मूल्यमा गिरावट आएको छ । शिवम सिमेन्टको विहीवार ७ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार