Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनै पूर्णिमा र गाईजात्रा भोलि एकैदिन


    बिहिबार, साउन २६ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि शुक्रबार एकैदिन परेको जनाएको छ ।  
    नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने छ ।
    शुक्रबार नै प्रतिपदा पनि सुरू हुने भएकाले एकै दिन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउनु पर्ने समितिको भनाइ छ ।
    शुक्रबार बिहान ७ बजेर २५ मिनेटमा पूर्णिमा तिथि सकिने भएपनि रक्षाबन्धन तथा जनै धारण गर्न मिल्ने पनि समितिले जनाएको छ ।

    नेवार समूदायले जनै पूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदाको दिन वर्षभरी दिवंगत भएका आफन्तहरुको सम्झनामा गाईजात्रा निकाल्ने गर्दछन् ।

    यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यसपालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले स्मरण गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार