काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा युवराजले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेलापारी पक्राउ गरेको हो ।