Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हुलका हुल लाने योजना तुहिएपछि कर्मचारी नेता पोखरेल सुटुक्क एमाले प्रवेश


    शनिबार, साउन २१ २०७९
    535
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपालका नेता भोलानाथ पोखरेल एमालेमा प्रवेश गरेका छन् । एकीकृत कर्मचारी संगठनको ठूलो हिस्सासहित प्रवेश गर्न खोजेका पोखरेलको प्रयास असफल भएपछि आज  एक्लै प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अबिर लगाएर पार्टीमा प्रवेश गराएका छन् । एकीकृत कर्मचारी संगठनबाट हुल नै लिएर जान खोजेका उनलाई कसैले साथ नदिएपछि एक्लै एमालेमा लागेका छन् ।

     आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी लिंदैआएका पोखरेल एमाले विभाजनपछि नेपाल निजामती कर्मचारी संगठनबाट एकीकृत सरकारी कर्मचारी संगठनतिर लागेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओली निकट निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा, प्रेम पराजुली र पूर्वअध्यक्ष पुण्यप्रसाद ढकालहरुले उनलाई स्थान दिन नमानेपछि उनी समाजवादीतिर लाग्न बाध्य भएका थिए । 

    देवकोटा र पराजुलीहरुका कारण बाध्यताले नेकपा समाजवादीतिर लागेका पोखरेलले एकीकृत कर्मचारी संगठनमा लागेका कर्मचारीहरुलाई भने एमालेमै फर्काउने कार्य गर्दैआएको आरोप लागेको थियो । निजामती कर्मचारी संगठनको ठूलो हिस्सा समाजवादीतिर लागेको थियो । तर पोखरेलले नै महासचिव रेवन्त गौतम, केन्द्रीय सदस्य रामचन्द्र अधिकारीसहितलाई एमालेमै फर्काएपछि केन्द्रीय कार्यालय भवनमा केदार देवकोटाहरुले अधिकार कायम गर्न सफल भएका थिए ।

    पोखरेलले एकीकृत कर्मचारी संगठनमा बसी त्यही संगठन सिध्याउन भूमिका खेलेको कुरा नेकपा समाजवादीका नेताहरुले बिस्तारै थाहा पाउँदै गएपछि बिष्फोट हुने भएपछि उनी एमालेमा गएको उक्त संगठनका नेताहरुको भनाइ छ । पोखरेलले एकीकृत कर्मचारी संगठन दर्ता गर्दा हस्ताक्षरसमेत गरेका थिएनन् । एकीकृत कर्मचारी संगठनको आन्दोलनमा पनि उनी कुनै दिन सहभागी नभएको आरोप लाग्दैआएको थियो । 

    पोखरेलले समाजवादी निकट कर्मचारीहरुको समूह नै लाने र ओलीलाई शक्ति देखाएर जिम्मेवारी लिन खोजेका थिए । तर मोरङका उनका ज्वाई नाता पर्ने आशिष लम्सालबाहेक कोही पनि गएनन् । लम्साल केही दिनअघि नै एमालेमा प्रवेश गरेका छन् । उनलाई पनि कसैले साथ नदिएपछि एक्लै एमालेमा गएका छन् ।

    पोखरेल एमालेमा प्रवेश गरे पनि अझै पनि उनको जिम्मेवारी निश्चित हुन सकेको छैन । केदारप्रसाद देवकोटा, प्रेम पराजुली, पुण्यप्रसाद ढकालहरु उनलाई आफूभन्दा माथिल्लो जिम्मेवारी दिन तयार छैनन् । कर फस्र्योट आयोगको सदस्यका रुपमा चुडामणि शर्मासँग मिलेर २१ अर्ब रुपैयाँ घोटालामा अख्तियारमा मुद्दा खेपिरहेका उमेशप्रसाद ढकाल एमाले निकट पेशागत महासंघ काठमाडौं जिल्ला कमिटी अध्यक्ष छन् । अब पोखरेल उनीमातहत रहनुपर्ने अवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार