Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम: केहि प्रदेशमा भारी बर्षाको सम्भावना


    शुक्रबार, साउन २० २०७९
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा केही दिनयता भारी वर्षा भएको छ । जसका कारण बाढी तथा पहिरो जाँदा कतिपय स्थानमा सडक अवरुद्ध भएका छन् । दैनिक जनजीवन प्रभावित भएको छ । देशका केही स्थानमा आज  पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । प्रदेश-१, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
    आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । प्रदेश-१ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
    भारी वर्षाको सम्भावना रहेका भू-भागहरूमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार