काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रु थिए ।
श्री एयरलाइन्सको जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज नेपालगञ्ज विमानस्थलमा फर्काइएको हो ।
नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।
अहिले जहाज सुरक्षित अवतरण भएको छ ।