Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिकता विधेयक खारेज गर्न राष्ट्रपतिलाई पाँच पार्टीको ज्ञापनपत्र


    मंगलबार, साउन १७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिकता विधेयक खारेजीको माग गर्दै पाँच  वामपन्थी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
    ज्ञापनपत्र बुझाउने पार्टीहरुमा नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल,नेकपा (बहुमत)का कञ्चन, नेकपा (मसाल)का सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी र संयुक्त क्रान्तिकारी मोर्चाका नारायण शर्माले संयुक्त रुपमा राष्ट्रपति भण्डारीलाई विधेयक खारेजीको माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।

    उनीहरुले यसबारे व्यापक मात्रामा छलफल र बहस गरी सर्वपक्षीय सहमति कायम गरेर मात्र अन्तिम रूप दिन संसद्मा नै फिर्ता पठाउन माग गरेका छन् ।

    यस्तो छ पाँच  वामपन्थी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  बुझाएको ज्ञापनपत्र

    Screenshot (163).pngScreenshot (164).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार