काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख रुपैयाँ घुस लिइसकेपछि नियन्त्रणमा लिएकोे छ ।
पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई मंगलबार होटल आरण्यको परिेसर नागपोखरीबाट ६ लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । पर्यटन व्यवसायीको कम्पनी दर्ता सम्बन्धी काम गरिदिन्छु भनी उनले घुस लिइसकेको अवस्थामा आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको छ ।
प्याराग्लाइडिङको स्वीकृति दिएबापत उपसचिव नेपालले उक्त घुस लिएका थिए । उनी पर्यटन मन्त्रालयको हवाई महाशाखा अनतर्गत कार्यरत थिए ।